मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू


editor@sajhakura December 12, 2023

भोटखोलाबाट खाँदबारी आउँदै गरेको मोटरसाईकल मकालुमा दुर्घटना हुँदा भोटखोला गाउँपालिका २ रुकुमाका फुर्पु छिरिङ लामाको मृत्यू भएको छ ।

मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालो (हेदाङ्ना मुनी) मोटर साईकल दुर्घटना हुँदा कान्छा लामा भनिने फुर्पु छिरिङकाे मृत्यू भएको हो ।

लामा युवा संघ नेपाल संखुवासभाको निवर्तमान सहसचिव रहेको नेकपा एमालेका नेता वाङ्दावी भोटेले जानकारी दिनुभयो ।

लामा मोटर साईकल चालकको पछाडी बसेका थिए । दुर्घटनामा माेटर साईकल चालक भने सकुशल रहेकाे बताईएकाे छ ।

मृत्तकको शव अहिले नुमबाट खाँदबारी ल्याउने तयारी भईरहेको समेत नेता भोटेले जानकारी दिनुभयो ।
श्राेत: नागरिक चासाे डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *