असोज १४,
चर्को विरोध भएपछि विमान कम्पनीहरूले आउँदो तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् ।
विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायु सेवा सञ्चालक सङ्घको आईतबार बसेको बैठकले आगामी तिन दिनका लागि अधिकतम मूल्य नलिने निर्णय गरेको हो । आज सोमवार, पर्सि मङ्गलवार र बुधवारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय गरिएको सङ्घका अध्यक्ष मनोज कार्कीले बताए ।
आपतकालिन अवस्थाले जनजिवन तहसनहस भएको मौका छोपि भाडादर बढाएको भन्दै तिब्र आलोचना शुरु भएपछि
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा भाडादर नबढाउन आग्रह गरेका थिए।
अहिले काठमाण्डौ आउने मुख्य सडकमार्गहरु केहिदिनको बर्षादका कारण अवरुद्ध भईरहेका छन् ।