यसवर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार - साझाकुरा
शुक्रबार, अशोज १८, २०८१

यसवर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार


admin October 1, 2023

यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
यस्तै, २०७९ सालको जगदम्बा श्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि ४र४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

मदन पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेको थियो ।

विसं २०१२ मा मदन पुरस्कार गुठी स्थापना भएको थियो भने विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो ।
विंस २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्निले पाएको थियो भने जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *