यातना दिई यौन कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ, ६ जनाको उद्धार - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

यातना दिई यौन कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ, ६ जनाको उद्धार


editor@sajhakura July 8, 2024

असार २४
युवतीहरुलाई यातना दिई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगरमा घर भाँडामा लिई यौन ब्यवसाय संचालन गर्दै आएकी सुनसरी इनरुवाका ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। चुँडालले जवरजस्ती यौन ब्यवसायमा संलग्न गराउँदै आएकी अन्य ६ जना महिलाहरुलाई समेत प्रहरीले उद्धार गरेको छ । आरोपितले विराटनगर महानगरपालिका–११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई यौन व्यवसायमा लगाउने गर्दैआएको डिएसपी बस्नेतको भनाई छ ।

उद्धार गरिएका युवतीहरुलाई आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका महिलाहरुले विभिन्न स्थानबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै सम्पर्कमा आएका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने र नमानेमा चरम यातना दिने गरिएको प्रहरी समक्ष बताएका छन् ।
यौन क्रियाकलापमा संलग्न गराउने मध्ये चुँडाललाई प्रहरीले पक्राउ गरिसकेको छ । सोहि ब्यवसायका अर्का संचालक शाह भने फरार रहेका छन् ।
चुँडालविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ भने उद्धार गरिएका ति युवतीहरुलाई महिला अधिकारवादी संस्थामार्फत घर फिर्ताका लागि प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *