युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले रक्षा मन्त्री ओलस्कीलाई पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ ।
रुसले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण शुरु गर्नू अघिदेखि नै ओलेस्कीले युक्रेनको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनलाई पदबाट बर्खास्त गरेपछि राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्टेट प्रोपर्टी फन्डका प्रमुखका जिम्मेवारिमा रूस्तम उमरोभलाई नयाँ रक्षा मन्त्रीको रुपमा नियुक्ती दिएका छन्।
जेलेन्स्कीले रक्षा मन्त्रालयमा अब नयाँ सोच र दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।
जेलेन्स्कीले बर्खास्त गरिएका ओलेस्कीलाई बेलायतमा युक्रेनका लागि राजदूत बनाएर पठाउने निर्णय गरेको समेत अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्
ओलेस्कीले पछिल्लो समय बेलायतका वरिष्ठ मन्त्रीहरूसँग राम्रो सम्बन्ध विस्तार गरेको युक्रेनी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
