असोज ४
युक्रेन र रुस बिचको दुई बर्षे युद्धकालमा रुसले ७० हजार बढि सैनिक गुमाएको छ । युक्रेन संग निरन्तर जारी युद्धमा गएको दुई वर्षमा ७० हजार १ सय १२ जना रुसी सेनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको बीबीसीले गरेको अध्ययन तथ्याङ्कमा उल्लेख छ ।
ज्यान गुमाउनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका नागरिक समेत छन् । ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । यो सङ्ख्यामा रुसी कब्जामा रहेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण समावेश गरिएको छैन ।
पुष्टि भएका मृतकमध्ये १३ हजार ७ सय ८१ स्वयंसेवक छन् । सबैभन्दा धेरै पूर्व कैदीले ज्यान गुमाएका छन् जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो । यस्तै युद्धमा मारिने युक्रेनी सैनिकको संख्या पनि निकै ठूलो रहेको अनुमान गरिएको छ । गत फेब्रअरीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकले आफ्ना ३१ हजार सैनिक मारिएको खुलासा गरेका थिए ।