युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी


editor@sajhakura November 22, 2024

मंशिर ७
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युद्ध अपराध गरेकाे आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ पूर्जी जारी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हमासका सैन्य कमाण्डर मोहम्मद डेफको लागि पनि वारेन्ट जारी भएको बीबीसीले उल्लेख गरेकाे छ ।
आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीहरु तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने आधारहरु उल्लेख गरेका छन् ।

तर इजरायल र हमास दुवैले उक्त आरोप अस्वीकार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *