युद्ध बिरामको अन्त्य संगै इजरायल–हमासबीच युद्ध शुरु - साझाकुरा
मङ्लबार, कार्तिक २०, २०८१

युद्ध बिरामको अन्त्य संगै इजरायल–हमासबीच युद्ध शुरु


editor@sajhakura December 1, 2023

युद्ध बिरामको अन्त्यसंगै ईजरायल र प्यालेष्टिनी बिद्रोही समुह हमास बिचको शुद्ध पुन शुरु भएको छ । कतारको मध्यस्थतामा ईजरायल र हमास बिचको युद्ध सात दिनका लागि स्थगित गरिएको थियो । युद्ध बिरामको घोषणा सकिने बित्तिकै पुन ईजरायलले हमास केन्द्रित आक्रमण शुरु गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
इजरायलले अहिले दक्षिणी गाजामा हवाई आक्रमण बढाएको छ । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै पुन युद्धको बाटो रोजेको संचार संस्था बिबीसीले बताएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा ईजरायलले धेरै हवाई आक्रमण गरेकाले अहिले त्यहाँको स्थीति भयावह भैरहेको छ । विस्फोट र गोलीबारीको आवाजले मानिसहरु आक्रान्त बनेको हमासको दावी छ ।
सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बनाएका दुई सय ४० प्यालेस्टिनीलाई रिहाई गरिएको समाचार संस्थाहले जनाएका छन् ।

अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केनले नागरिकको जीवन रक्षा गर्न थप प्रभावकारी कदम चाल्न इजरायललाई समक्ष आग्रह गरेका छन् । तर ईजरायल पक्षबाट त्यसको कुनै जवाफ नआएको ब्लिन्केनले बताए ।
गत अक्टोबर ७ का दिन इजरायलमा हमासले गरेको आक्रमणमा परि १ हजार २ सय बढिको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *