नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशन सम्पन्न भएको छ ।
बिहिबार सदरमुकाम खाँदबारीमा शुरु भएकाे युवा संघको नवौं जिल्ला अधिबेसनबाट अन्य पदहरुमा सहमति जुटेपनिअध्यक्ष पदमा सहमति नजुटे पछि आज दिउँसाे निर्वाचनकाे तैयारि गरिएकाे युवा नेता ध्रुब डिवानले जानकारी दिए । हिजाे शुरु भएकाे अधिवेशन युवा संघका संखुवासभा जिल्ला अध्यक्ष ध्रुब खड्का (डीवान)को अध्यक्षतामा भएको थियाे । कार्यक्रममा प्रमुख अतिथी युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे र विशिष्ट अतिथी नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम रहेका थिए ।