यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित


editor@sajhakura October 23, 2023

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चाैथाे जित निकालेकाे छ । शृङ्खलाअन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायाे ।

यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए ।

नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । यस्तै नेपालले हङकङलाई दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो ।

अब शृङ्खलाअन्तर्गत समूहकाे अन्तिम खेलमा पर्सि बुधवार हङकङ र यूएईबीच खेल हुनेछ । याे खेल जित्ने टाेली फाइनलमा पुग्नेछ । फाइनल खेल आउँदाे शुक्रवार हुनेछ ।

उज्यालाे अनलाईनमा याे खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *