कात्तिक २०,
काँस्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिएको जनाईएको छ ।
सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा थप अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने भन्दै रास्वपा सभापति लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालत समक्ष उपस्थित गराएको थियो ।
कास्कीको पोखरास्थीत सूर्यदर्शन सहकारी घोटाला काण्डमा दोषी रहेको आरोपमा प्रहरीले गत कार्तिक २ गते लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरि पोखरा लगेको थियो । लामिछानेलाई बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको आरोपमा पोखराबाट अब बुटवल लैजाने तयारी रहेको जनाईएको छ ।
पोखरामा प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजपनि पोखराको बिभिन्न स्थानमा प्रदर्शन गरिएको थियो । लामिछाने पक्राउको बिरोधमा प्रदर्शन गर्ने सात जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।