रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी - साझाकुरा

रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी


editor@sajhakura February 6, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने लगायत १८ जना बिरुद्ध सहकारी ठगी मुद्धामा सोमबार पिडितहरुको जाहेरी परेको छ ।
उनिहरु बिरुद्ध ज्ञालेक्सी फोरके टेलिभिजन संचालनका लागि सूर्यदर्शन बचत तथा ऋण सहकारी ऋण लिई नतिरेको आरोपमा पिडितहरुले सोमबार रास्वपा सभापति लामिछाने लगायत ज्ञालेक्सी टेलिभिजनसहित १८ बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका हुन् ।
कास्की प्रहरीले सोमबार उजुरी लिएपनि दर्ता भने गरिसकेको छैन। जाहेरीमा संलग्नहरुकाबारेमा थप अनुसन्धान गरि केहि दिन पछि मात्र उजुरीलाई औपचारिक रुपमा दर्ता गर्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले प्रतिवद्धता गरेका छन् ।
सहकारी पिडितहरुले रास्वपा सभापति लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, सहकारीका सदस्य शिवकुमार गुरुङका म्यानेजर हरि अधिकारी, नेत्रपाणी बास्तोलालगायतका व्यक्तिहरू विरुद्ध जाहेरी दिएका हुन्।
सहकारी ठगी आरोपमा जाहेरीमा परेका दीपेश पुन पूर्व उप(राष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्। त्यस्तै, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, ग्यालेक्सी टेलिभिजन, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल प्रालि, ग्रिजी स्पान रेष्टुरेण्ट काठमाडौं, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि बिरुद्ध पनि सहकारी पीडितहरुले प्रहरी समक्ष जाहेरी दिएका छन्।
पीडितहरुले ठगीमा संलग्न रहेको रहनसक्ने भन्दै सानो पाइला सहकारी विराटनगर, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी बुटवल, सहारा सहकारी चितवन र नेपालगन्ज स्थीत समानता सहकारी बिरुद्ध पनि जाहेरी दर्ता गरेका छन् ।

यसअघि पीडितहरुले सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राईसहित १९ जनाविरुद्ध जाहेरी दिएका थिए।
त्यसमध्ये प्रहरीले उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्ताल, सदस्य शिवकुमार गुरुङ ९महेन्द्र भोटे० र सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई अदालतको आदेश बमोजिम कारागार चलान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *