राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए - साझाकुरा
सोमवार, असार ३२, २०८१

राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए


editor@sajhakura July 4, 2024

असार २०

राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु अन्तत त्यसै फकिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति रवी लामिछाने बिच २ घण्टाको लामो छलफलपछि राजिनामा बुझाउन बालुवाटार पुगेका रास्वपा नेताहरु राजिनामा नबुझाई फर्किएको जनाईएको छ ।
एमालेका मन्त्रीहरुको राजिनामा पछि अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने ढृणता राखेकाले प्रधानमन्त्री दाहालको आग्रह अनुशार रास्वपाका मन्त्रीहरु राजिनामा नदिई फर्किएको
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । बिहीबार बिहान सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री समक्ष राजिनामा बुझाउन बालुवाटार गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *