राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन


editor@sajhakura September 29, 2023

राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ। उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो।

बिहीबार बेलुकी कार्कीको स्वास्थ्यमा  सामान्य समस्या देखिएको उनका एक सहकर्मीले बताएका छन्। 

उपचारका लागि कार्कीलाई बिहान नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले उनलाई  मृत घोषित गरेका थिए। उनी राष्ट्रपति कार्यालयको कानुन महाशाखामा कार्यरत थिए।

उनका श्रीमती,एक छोरा र एक छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *