राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने - साझाकुरा

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने


editor@sajhakura January 14, 2024

आगामी माघ ११ गते हुनगैरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने हद तोकेको छ ।

निर्वाचन आयोगले आइतबार एक बिज्ञप्ती जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६को नियम ४६ (१०) सँग सम्बन्धित अनुसूची १ ले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने प्रावधान गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । उनले उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधान,सवारी साधानको इन्धन,प्रचारप्रसार सामग्री, ढुवानी,गोष्ठी,अन्तरक्रिया,प्रचार प्रसार,कार्यालय सञ्चालन,प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयोगले ब्यवस्था गरेको जनाए।
उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने प्रावधान समेटिएको उल्लेख गरे ।

यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन,२०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देशन दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *