मंसिर ८,
१६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट बिजुली थप गरिएकाे छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाबाट उत्पादन भएकाे १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो ।
चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकाेमा १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण कार्य सकिएकाे छ । १०२ मेगावाटको मध्यभोटेकोशी भने सिन्धुपाल्चोकमा निर्माणकाे क्रममा छ ।