राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ


editor@sajhakura October 10, 2023

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको  प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार  हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए ।
हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो ।
पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *