राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, कर्मचारी पक्राउ - साझाकुरा
शनिबार, असार ३०, २०८१

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, कर्मचारी पक्राउ


editor@sajhakura February 26, 2024

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन् ।

ओझा वाणिज्य बैंकको वीरगन्ज, पोखरिया शाखामा कार्यरत थिए । ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । खातामा दुई करोड रुपैयाँभन्दा धेरै रकम देखे । लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाए ।

कोरियामा रहेका खाताधनीले धेरैपटक पैसा निकालिसकेपछि मात्र थाहा पाएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *