राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित - साझाकुरा
सोमवार, असार ३२, २०८१

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित


editor@sajhakura March 12, 2024

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । 
दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता मा ओ बादी केन्द्रका नेता दाहालले गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए ।

दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले मत दिएका थिए भने राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मतदान गरेका थिए ।
दाहालका प्रतिस्पर्धी का रुपमा उम्मेदबारि दिएका राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको खसेकाे थियाे ।
आज भएको मतदानमा ५६ जना सांसद सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *