राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकियो - साझाकुरा
मङ्लबार, अशोज २२, २०८१

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकियो


editor@sajhakura December 28, 2023

आगामि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको नियुक्त गरेको छ।

निर्वाचन आयोगले बिहीवार सार्वजनिक सूचना मार्फत सातवटै प्रदेशका निर्वाचन अधिकृतहरू नियुक्त गरेको जानकारी दिएको छ । आयोगले नियुक्त गरेका सबै निर्वाचन अधिकृतहरू जिल्ला न्यायाधीशहरु हुन्।

आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशमा धनुषा जिल्ला अदालतमा कार्यरत न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतमा कार्यरत न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतमा कार्यरत न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतमा कार्यरत न्यायाधीश विष्णु प्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतमा कार्यरत न्यायाधीश ओमप्रकाश अर्याललाई नियुक्ति दिईएको जनाएको छ ।

निर्वाचन अधिकृत नियुक्ति पछि आगामी पुस १६ गते सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचन कार्यक्रम सुरु गर्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *