रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै - साझाकुरा
शनिबार, असार ३०, २०८१

रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै


editor@sajhakura July 4, 2024

असार २०

राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।

सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिने भएका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आजै मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली काँग्रेससँग गठबन्धन गरेपछि पुष्पकमल दाहालको सरकार अल्पमतमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *