रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित  - साझाकुरा
सोमवार, असार ३२, २०८१

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 


editor@sajhakura July 4, 2024

असार २०
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्वि त गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

केन्द्रीय समितिले सभापति रवी लामिछानेको प्रस्तावमा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ ।
निलम्बनको निर्णयपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारवाही गरेको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *