रिगलको आम माफी बदर पुन पक्राउको आदेश - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

रिगलको आम माफी बदर पुन पक्राउको आदेश


editor@sajhakura November 2, 2023

सरकारको शिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्ध्वारा कैद मिनाहा पाएका चेतन मानन्धरको हत्या आरोपी योगराज ढकाल रिगललाई दिईएको सजाय माफीको निर्णय बदर भएको छ। सजाय माफी मिनाहा बदर भएसंगै उनलाई पुन पक्राउ पुर्जि जारि गरिएको बताईएको छ ।
मन्त्रीपरिषदको शिफारिस तथा राष्ट्रपतिको निर्णयबाट उनि कैद मुक्त भएका थिए।
आफ्ना पतिलाई हत्या गर्ने जघण्य अपराधी रिगललाई सरकारले छुट दिएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले सर्बाेच्चमा दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्च अदालतको पूर्ण इजलासले बिहिबार फैसला गरेको हो । उक्त बिषयमा अझै आधिकारिक जानकारी आईनसकेको सर्वोच्च अदालतका सुचना अधिकारी गोविन्द घिमिरेरेको भनाई छ । सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश पनि जारी गरेको समचार माध्यमहरुले जनाएका छन् ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय दिईएकोमा गत संबिधान दिवसका अवसरमा उनलाई माफी दिईएको थियो ।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका रिगललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि चेतनकी श्रीमति भारती सर्वाेच्चको अदालतको आदेशको पर्खाईमा थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *