रुखले बचाउँदा टर्याे ठुलाे बस दुर्घटना - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

रुखले बचाउँदा टर्याे ठुलाे बस दुर्घटना


editor@sajhakura November 7, 2024

कार्तिक २२

महानगरपालिका–२२ स्थित शान्ति स्तुपा नजिकै भएकाे बस दुर्घटनामा रुखले बचाएर ठुलाे मानवीय क्षति टरेकाे छ ।

बिहीबार दिउसो करिब साढे १२:३० तिर पुम्दीकोटबाट छोरेपाटनतर्फ जाँदै गरेकाे बस अनियन्त्रित भै रुखमा अड्किदा ठुलाे क्षतिहुनबाट जाेगिएकाे हाे ।

नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको रा१ख २१०६ नं.को मिनी बस सडक छेउमा रहेको तिजुको रुखमा अड्किएको प्रहरीकाे भनाई छ ।
दुर्घटना लगत्तै प्रहरी कार्यालय बैदामबाट प्रहरी टोलीले बसमा सवार सात जना महिला सहित र २४ जनालाई उद्धार गरेकाे थियो। तीमध्येका घाईते दाङको तुलसीपुर उपमहानगरपालिका–४ की १७ वर्षिया सन्ध्या रसाइली र १९ वर्षिया  मनीषा रसाइलीलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटा लगिएकाे छ। अहिले उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *