युक्रेनको खार्किभ स्थीत दक्षिणपूर्वी भागमा अवस्थीत ह्रोजा गाउँमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा थप ५१ जना शोकाकुल नागरिकको ज्यान गएको छ ।ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी भैरहेको समयमा रुसले उक्त स्थलमा क्षेप्यास्त्र प्रयोग गर्दा उनिहरुको ज्यान गएको बीबीसीलाई उध्रित गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
छ ।
आक्रमणमा बालबालिका सहित कम्तीमा ५१ जनाको मृत्यु भएको युक्रेनका संचारमाध्यमहरुले उल्लेख गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर श्रद्धाञ्जली अर्पण गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।
गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरुले श्रद्धाञ्जली सभा आयोजना गरिरहेका थिए ।