रुसी सेनामा भर्ती भएका थप तीन जना नेपालीको मृत्यु भएको छ। रुस–युक्रेन युद्धका क्रममा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यससँगै रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ।
रुसी सेनामा भर्ती भएका थप ४ जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको र उनीहरूलाई छुटाउन गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन ।
परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन सरकारलाई प्राप्त भएको बताउनुभएको थियो । श्राेत: सिआईएन खबर