रौतहटको राजपुरमा झडप, १९ सुरक्षाकर्मी घाइते - साझाकुरा
शुक्रबार, जेष्ठ ३, २०८२

रौतहटको राजपुरमा झडप, १९ सुरक्षाकर्मी घाइते


editor@sajhakura July 19, 2024

श्रावण ४

मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए ।

दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।

ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *