काठमाण्डौ महानगरपालिकाले बालुवाटारमा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट हट्न सात दिने अल्टिमेटम सार्वजनिक गरेकाे छ । महानगरले ुुचना जारि गर्दै आफैँ हट्न व्यक्ति, कम्पनी र सङ्घसंस्थाहरुलाई आग्रह गरेको छ ।
बुधबार एक सार्वजनिक सूचना सार्वजनिक गर्दै महानगरपालिकाले ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि आग्रह गरिएकाे जनाएकाे हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको फैसला गर्दै विशेष अदालतले काठमाण्डाै महानगरपालिका क्षेत्रभित्रका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको थियो ।
महानगरपालिकाले तोकेको समयभित्र नहटेमा प्रचलित कानुन बमोजिम हटाइ सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको उल्लेख गरेकाे छ ।