भाद्र २७
हास्य कलाकार सुलेमान शंकर अर्थात ईकु भनिने सूर्यमान शंकरलाई प्रहरीले पक्राउ गरेको छ ।
कलाकार भिषामा युरोप पठाउने भन्दै सर्बसाधारणबाट लाखौँ रुपैयाँ असुलि गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
मंगलबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुढानीलकण्ठबाट पक्राउ गरेको पुष्टि गरेको छ ।
नेपाली सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकार बनाई क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको सीआईबीले जनाएको छ ।