लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार


editor@sajhakura January 31, 2025

माघ १८

नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते
माघ १८, लागु औषध कारोबारीलाई पक्रन प्रहरीले पश्चिम नवलपरासीमा ४ राउण्ड गोली प्रहार गरेको छ ।
नवलपरासीको नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरमा लुकाई छिपाई राखिएको लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गर्नूपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । लोनियाले ब्यवसायिक कारोबारका लागि लागूऔषध लुकाईराखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रणमा लिन प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो ।

प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोलीको छर्रा समेत लागेको प्रहरीले जनाएको छ । छर्राबाट
घाईते भएका लोनियाको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । खानतलासीका क्रममा ९३ पुरिया ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *