लिबियाको बिनासकारि बाढीमा परी हालसम्म ५ हजार बढीको मृत्यु - साझाकुरा
शनिबार, असार ३०, २०८१

लिबियाको बिनासकारि बाढीमा परी हालसम्म ५ हजार बढीको मृत्यु


admin September 14, 2023

लिबियाको बिनासकारि बाढिमा परि मृत्युहुनेको संख्या ३ हजार नाघेको छ । आँधिसंगै आएको बर्षादका कारण शुरुभएको बाढिमा परि हालसम्म ५ हजार ३ सयको मृत्यु भएको लिबियाका मन्त्री हिशाम चकियोतले बताए ।
अहिलेपनि बेपत्ताको अवस्था भयावह अवस्थामा रहेकाले मृतकको संख्यामा उल्लेख्य बृद्धिुहन सक्ने मन्त्री चकियोतले अन्तराष्ट्रिय संचार माध्यमहरुलाई बताएका छन् ।

आँधि र बाढि पछि निरन्तर रुपमा उद्धार र राहतमा जुटेका त्यहाँका शुरक्षा अधिकारीहरुले अझैपनि १० हजार बढि बेपत्ता अवस्थामा रहेको र ३० हजार बिस्थपित अवस्थामा रहेको जानकारी दिएका छन् ।

गत आईतबार राति आएको डेनियल नामको आँधीबाट लिबियाको डेर्नामा सुनामी सहितको बाढी आएको थियो । उक्त बाढीबाट करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै बस्ति र ईलाका बगाएर समुद्रमा पुर्याएको त्यहाँका संचारमाध्यमहरुले जनाएको छ ।
डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा ठुला ठुला बाँध र चारवटा लामा पुलहरु क्षतबिक्षत बनाउँदा जनजिवन कष्टकर भैरहेको बीबीसीले जनाएको छ ।
बाढीले सबैभन्दा बढी क्षति डेर्ना शहरमा पुगेको छ । त्यहाँ फेला परेका लाशहरुलाई मेसिनको सहायताले ठूलो खाल्डो खनेर एकै ठाउँ पुरिएको छ भने बोरा र कम्बलहरुमा बेरिएका शवहरुलाई सामूहिक चिहानमा समाधिस्थ गरिएको हृदयविदारक दृष्यहरु सार्वजनिक भैरहेको बीबीसीले उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *