लैंङ्गिकहिंसा बिरुद्ध १६ दिने अभियान शुरु - साझाकुरा
शनिबार, असार ३०, २०८१

लैंङ्गिकहिंसा बिरुद्ध १६ दिने अभियान शुरु


editor@sajhakura November 25, 2023

लैङ्गिक हिंसा अन्त्यकाे सुनिश्चितता: महिला र बालबालिकामा लगानीकाे ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान आजबाट शुरु भएकाे छ ।
संखुवासभाकाे खाँदबारी नगरपालिका र जिल्ला प्रहरी कार्यालय संखुवासभाले संयुक्त रुपमा सहभागिता जनाउँदै खाँदबारीकाे पाेखरी बजारबाट अभियानकाे शुभारम्भ गरेकाे हाे । प्रत्येक बर्ष नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म बिश्वभर नै याे अभियान मनाउने गरिएकाे छ ।
अभियानकाे अवसरमा खाँदबारी नगरपालिकाले विभिन्न सचेतनामुलक जिंगल प्रसारण, डकुमेन्ट्रि प्रदर्शनी तथा अन्तरकृया कार्यक्रम समेत आयाेजना गरेकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत निर्माण कुमार कार्कीले जानकारी दिए । भिडियाे:

Leave a Reply

Your email address will not be published. Required fields are marked *