लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ (तस्बिर सहित) - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ (तस्बिर सहित)


editor@sajhakura November 25, 2024

संखुवासभा, मंसिर १०

हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ ।

१० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।

अभियानको अवसरमा आज संखुवासभाको खाँदबारीमा पनि बिबिध कार्यक्रम सहित महिला हिंसा बिरुद्धको १६ दिने अभियान प्रारम्भ गरिएको छ ।
खाँदबारी नगरपालिकाको संयोजनमा आज जिल्ला प्रशासन कार्यालय परिसरबाट बिभिन्न महिला हिंसा बिरुद्धको प्ले कार्ड र ब्यानर सहित र्र्याल्ली निकालिएको थियो ।

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका बिभिन्न पालिकाहरुले जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत खाँदबारी नगरपालिका र जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा सरोकारवाला निकायहरुको सहकार्यमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” आज प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय संखुवासभाको गेटबाट शुरु भई देवकोटा चोक, भानुचोक, ठानागेट, टुँडीखेल बजार हुँदै पोखरी बजार पुगि पहिलाे दिनकाे समापन गरीएकाे थियाे । नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।
खाँदबारीमा भएकाे कार्यक्रमका झलकहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *