लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । आज राष्ट्रिय सभागृहमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् । बरिष्ट नेता महतोले पत्रकार सम्मेलन मार्फत नै लोसपा परित्यागसंगै राष्ट्रिय मुक्ति आन्दोलन समेत आजैबाट शुरु भएको घोषणा गरेको जनाईएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुर र महतोबिच केही महिला अघि देखि नै मनमुटाव देखिँदैआएको थियो । पार्टि परित्याग गरेको घोषणा संगै महतोले राष्ट्रिय मुक्ति आन्दोलन अभियान शुरु भएको र पार्टीको स्वरूप गठनलाई तिब्रता दिने बताएका थिए ।