वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर ज्यान गयो - साझाकुरा
सोमवार, असार ३२, २०८१

वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर ज्यान गयो


editor@sajhakura February 17, 2024

रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको ज्यान गएको छ ।

रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको ज्यान गएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताउनुभयो । नगरपालिकाका कर्मचारीले वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए ।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *