वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति साढे १२ बजे उहाँको निधन भएको थियो ।
बिहीबार दिउँसो वैद्यको स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ बढी समस्या भएपछि अस्पताल लैजाने क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ । उहाँलाई भ्याली अस्पताल लगिएको थियो ।
वैद्यका नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । त्यसैगरी सपना भुलाइ सारा.., मेरा आँशुमा नहाँसे.., नेपाल मेरो उपहार भो.., लगायत गितका सर्जकले ३३ वर्ष सरकारी सेवामा बिताउनु भएको थियो ।
वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उहाँका दुई छोरी र एक छोरा छन् । ईमेज खबरमा समचार छ ।