वादविवाद प्रतियाेगिता 'द डिवेट वार हुने - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने


editor@sajhakura November 13, 2024

कार्तिक २८

संखुवासभामा नै पहिलाे पटक संसदीय प्रणालीमा आधारित वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने भएकाे छ । आज असल शासन क्लब सङ्खुवासभा क्लबले नेपाल पत्रकार महासंघ संखुवासभाकाे कार्यालयमा पत्रकार सम्मेलन गरेर याे कार्यक्रमकाे जानकारी दिएकाे हाे ।

मंसिर १४ गते देखि सुरु हुने याे कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुने आयाेजकले जनाएकाे छ । वर्ड  स्कुल डिवेट च्याम्पियनसिप (डव्लुएसडीसी) काे नियमानुसार सञ्चालन हुनेछ । कार्यक्रम संयाेजक अनुप चापागाईका अनुसार खाँदवारी नगरपालिका भित्रका माविका १९ बर्ष मुनिका विद्यार्थीहरु सहभागी हुनेछन् ।

एक विद्यालयबाट १ छात्रा सहित ३ जना विद्यार्थीहरु सहभागी हुन पाउने चापागाईले जनाए । विद्यार्थीहरुकाे बाैद्धिक क्षमता विकास गरेर खाेज तथा अनुसन्धान गर्न प्रेरित गरि सामुहिक भावनाकाे विकास गर्दै आलाेचनात्मक चेतनाकाे अभिवृद्धी गर्नका लागि याे कार्यक्रम गर्न लागिएकाे चापागाईले बताए ।

याे कार्यक्रममा प्रथम हुने विद्यालयले नगद रु ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दितिय हुने विद्यालयले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयाेजकले जनाएकाे छ । त्यस्तै सेमिफाईनलिष्ट् बाँकी २ विद्यालयले नगद रु ५ हजारका दरले , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *