विज्ञापन व्यवसायी शाक्य सम्मानित - साझाकुरा
सोमवार, असार ३२, २०८१

विज्ञापन व्यवसायी शाक्य सम्मानित


editor@sajhakura December 14, 2023

विज्ञापन व्यवसायी उजय शाक्य प्रतिष्ठित इसीआई इन्नभोटिभ मार्केट अफ् द इयर बाट २०२३ बाट सम्मानित भएका छन् ।

यो अवार्ड डिसेम्बर ७ मा चीनको वुहानमा आयोजना भएको इसीआई फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको थियो । कार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसकेका शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

उनले डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा विश्वका विभिन्न १३ राष्ट्रका प्रतिनिधि भेला भएर विकासका विभिन्न आयाममा छलफल गरेका थिए । यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *