श्रावण ११
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् ।
सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार कार्य गरेकोमा उनले प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा ट्रंक लाईनको वक्यौता रकम असुली गर्ने क्रममा प्राधिकरणले ६ वटा उद्योगको विद्युत आपूर्ति बन्द गरिएको सन्दर्भमा छलफल डाकिएको थियो ।
उक्त छलफलका क्रममा मन्त्री खड्काले सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र र भनि प्रश्न राखेका थिए । उद्योगि ब्यवसायीप्रति लचक देखिएका मन्त्री खड्काले विद्युत प्राधिकरणले उद्योगीहरुसँग बसेर छलफलको निश्कर्ष निकाली सरकारलाई बुझाउन समेत निर्देशन दिए ।
उनले विद्युत आपूर्ति नरोक्ने तर आवश्यक परे सोही उद्योगको सम्पती नै जफत गरेर राज्यले असुली गर्ने बाटो रहेको पनि स्पष्ट पारेका थिए ।
तिर्नुपर्ने रकम उद्योगीहरुले तिर्नुपर्ने र प्राधिकरणले पनि विद्युत आपूर्ति रोक्न नहुने निर्देशन प्रधानमन्त्री ओलीले ब्यक्त गरेको मन्त्री खड्काको भनाई थियो ।