श्रावण ११
विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले उचित क्षतिपुर्तिकाे ब्यवस्था नगरे शव नबुझ्ने अडान राखेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुले अडान राखेका हुन् ।
गत बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । ‘
बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने मृतकका आफन्तकाे अडान छ ।
बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भईसकेकाे छ ।