विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा, - साझाकुरा

विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा,


editor@sajhakura October 28, 2023

स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन्। सोमबारदेखि किर्तिपुर र मुलपानी मैदानमा हुने आइसिसी टी – २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि  नेपाल क्रिकेट संघले शनिबार बिहान लामिछानेसहितको अन्तिम नाम सार्वजनिक गरेको हो। 
लामिछानेले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको भन्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए। त्यसपश्चात लामिछाने हङकङ र युएईसँग त्रिकोणात्मक टी – २० आई सिरिजको टोलीमा सहभागी थिएनन्।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिता कार्तिक १३ देखि २० गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *