विश्वासको मत पाएको दुई दिनमै मधेस सरकारमा किचलो, कांग्रेस नेतृत्वमा सरकार बनाउन खेल शुरु - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

विश्वासको मत पाएको दुई दिनमै मधेस सरकारमा किचलो, कांग्रेस नेतृत्वमा सरकार बनाउन खेल शुरु


editor@sajhakura July 8, 2024

२४ असार
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेको दुई दिन नबित्दै मधेस प्रदेशमा नयाँ सरकार बनाउने कसरत शुरु भएको छ । मन्त्रालय बाँडफाँडका बिषयमा लुछाचुँडी हुँदा जनमत नेतृत्वमा बनेको सरकार ढाल्न खेल शुरु भएको बताईएको छ ।
मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यस लगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाललाई सरकारमा सहभागी गराउने सहमति गरिएको थियो ।
कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको तर जनमतले विश्वासको मत प्राप्त गरिसकेपछि मुख्यमन्त्रीले सहमति पालना नगरेको आरोप लगाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागि हुन छाडेर नयाँ सरकारको किचलोमा लागेका हुन् ।
जनमतबाट आफुहरुलाई ठुलो धोका भएको भन्दै काँग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी शुरु गरेको छ । सोमवार बिहान काँग्रेसले जसपा नेपाल, एमाले र लोसपाको संसदीय दलसँग छुट्टाछुट्टै रुपमा छलफल गरेको जनाईएको छ । उक्त छलफलमा जसपा, एमाले र लोसपाले काँग्रेस नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्ने राय सुझाव दिएको छ।

कांग्रेस पार्टी श्रोतकाअनुसार विश्वासको मत लिनुअघि एमालेको मन्त्रालय यथावत रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएको अर्थ मन्त्रालय, उर्जा, सिंचाई तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारीसहितका ४ मन्त्रालय र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने आन्तरिक सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *