सोलुखुम्बु । कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९ औँ पटक सफल आरोहण गर्नुभएको छ । अघिल्लो वर्ष जेठ ९ गते २८ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामिरिताले आज आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको २९ औँ पटक सफल आरोहण गर्नुभएको हो ।
विश्वको अग्लो चुचुरो बारम्बार चढ्ने कीर्तिमान बनाउनुभएका सोलुखुम्बुको थामेका शेर्पाले यो सिजनको सुरुमै फोर्टिन पिक्स एक्सपिडिसन मार्फत सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोड्नु भएको हो । सन् १९७० जनवरी २ मा खुम्बु पासाङल्हमु गाउँपालिका ५ को थामेमा जन्मिएका शेर्पाले सन् १९९२ मा आरोहण सहयोगीका रुपमा सगरमाथा आरोहण सुरु गर्नुभएको हो ।