विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन


editor@sajhakura February 4, 2025

संखुवासभा माघ २२
विश्व क्यान्सर दिवसका अवसरमा खाँदबारीमा विभिन्न जनचेतनामुलक कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
नेपाल अर्बुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबकाे संयुक्त आयाेजनामा क्यान्सर बिरुद्ध जनचेतनामुलक छलफल तथा खाँदबारी पाेखरी पार्कमा दिपप्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे हाे ।
कार्यक्रमका पमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले पछिल्लाे समय क्यान्सर राेग हर समुदाय र टाेल टाेलमा फैलिरहेकाले सचेतना जगाउन आवश्यक भएकाे बताउनु भयाे । प्रमुख अतिथी शाक्यले अहिले नेपालमा ४२ हजार बढि क्यान्सरका बिरामि रहेकाे र २२ प्रतिशत क्यान्सरकाे कारण सुर्ति सेवन रहेकाे, अब्यवस्थित खानपान र ब्यायाम अर्थात शारिरिक श्रम अभावका कारण ५ देखि १० प्रतिशत क्यान्सर र बंशानुगत कारणबाट पनि ५ देखि १० प्रतिशत मानिस क्यान्सर पिडित हुनेगरेकाे आँकडा प्रस्तुत गर्दै याे राेगबाट वच्न नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिनुपर्ने धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी बिनाेद खड्काले क्यान्सर राेग समयमा पहिचान गरि उपचार गर्नसकिए एक सामान्य राेग भएपनि वेवास्ता गर्दा ठुलाे रकम खर्च खर्च गर्नुपरेकाले सिंगाे परिवारले पीडा र आर्थिक भार ब्यहाेर्न परिरहेकाे बताउनुभएकाे थियाे ।
प्रजिअ खड्काले क्यान्सर राेगकाे न्युनिकरणका लागि सबैपक्षकाे सहकार्य आवश्यक भएकाे अभिब्यक्ति राख्दै क्यान्सरबाट वच्न अपनाउनुपर्ने सावधानिपुर्ण नियमकाे पालना गर्न आग्रह गर्नुभएकाे थियाे ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत राेषण श्रेष्ठले क्यान्सर राेगकाे अवस्था र बच्ने उपायबारे जानकारी गराउँदै पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्ध माघ २७ गते संखुवासभामा निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन गरिने जानकारी गराउनु भएकाे थियाे ।
अधिकृत श्रेष्ठले नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले एचपीभी खोप अभियान सञ्चालन गरिएकाले विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालबालिकालाई अनिवार्य एचपिभी खाेप लगाउने वातावरण मिलाउन सबै पक्षलाई आग्रह गर्नुभएकाे थियाे ।
अर्बुद राेग निवारण संस्थाका सचिब तथा खाँदबारी युथक्लबका महासचिब सुरेन शाक्यले संचालन गर्नुभएकाे कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै कार्यक्रमका सभापति अर्बुद राेग निवारण संस्थाका जिल्ला सभापति कृष्णराज शाक्यले सबैकाे सहकार्य र सामुहिक प्रयत्नले मात्रै क्यान्सरसंग लड्नसकिने धारणा राख्नुभएकाे थियाे ।
समापन मन्तब्यका क्रममा शाखा सभापति शाक्यले संखुवासभामा माघ २७ गतेबाट संचालन हुन गैरहेकाे पाठेघरकाे मुखकाे क्यान्सर बिरूद्धकाे एचपिभी खाेप अभियान सफल पार्न सबैलाई जुट्न आग्रह गर्नुभएकाे थियाे ।
खाँदबारी पाेखरी पार्कमा आयाेजना गरिएकाे दिपप्रज्वलन कार्यक्रममा, जिल्ला समन्वय प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी बिनाेद खड्का, डिएसपी दक्ष कुमार बस्नेत, जिल्ला अनुशन्धान कार्यालय प्रमुख उमेश पाण्डे , काँग्रेस पुर्व जिल्ला सभापति दीपन कुमार श्रेष्ठ, रेडक्रसका जिल्ला सभापति सराेज बज्राचार्य, पत्रकार महासंघका अध्यक्ष, नेपाल आ दिवासि जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष मेघराज तामाङ , पत्रकार महासंघ काेशिप्रदेस सदस्य ईन्द्र गिरी, प्रेस चाैतारि नेपालका जिल्ला अध्यक्ष जनक चापागाईं,प्रेस सेण्टरका जिल्ला अध्यक्ष अनिष बिष्ट, ईमकालु अनलाईनका प्रधान सम्पादक ध्यान बहादुर कुलुङ्, नागरिक चासाे डटकमका प्रधान सम्पादक खेवाहाङ मेवाहाङ्, हेर्ने चित्र डट कमका प्रधान सम्पादक मेघराज तामाङ, संबृद्ध बहुउदेश्यिय सहकारीका अध्यक्ष बिजय कालधन,खाँदबारी युथक्लबका पदाधिकारी, सदस्यहरु, लगायत जिल्लाका कृयासिल पत्रकार, मानव अधिकार तथा शान्तिसमाजका अध्यक्ष लाेकदर्शन शाक्य पत्रकार महासंघका अध्यक्ष लगायत सम्पुर्ण पत्रकार, माेवायल ब्यवसायि महासंघका पदाधिकारि लगायत स्थानिय उद्योगी ब्यवसायिहरुकाे उपस्थिति रहेकाे थियाे ।
बिगत केही बर्ष देखि अर्बुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबले संयुक्त रुपमा संखुवासभामा क्यान्सर बिरुद्ध जनचेतनामुलक कार्यक्रम हरु आयाेजना गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *