सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।
गत श्रावण १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऋण लिने निर्णय भएको जानकारी दिए ।
उनले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपलब्ध हुने ७४.६ मिलियन एसडीआर अर्थात एक हजार मिलियन अमेरिकी डलर करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको सार्वजनिक जानकारी दिए । जानकारी दिने क्रममा मन्त्री गुरुङ्गले यसको कार्यान्वयन प्रदेश सरकारहरुले गर्ने निर्णय भएको खुलाउँदै उक्त कार्यक्रमको अनुगमन र मुल्यांङ्कन भने संघिय सरकारले नै गर्ने निर्णयमा उल्लेख गरिएको जानकारी दिए ।