विषालु च्याउ खाँदा बझाङमा एकै परिवारका दुई जनाको मृत्यु - साझाकुरा
शुक्रबार, साउन ४, २०८१

विषालु च्याउ खाँदा बझाङमा एकै परिवारका दुई जनाको मृत्यु


admin September 1, 2023

बझाङमा विषालु च्याउ खाँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ भने आमा गंभिर बिरामी परेकी छन् ।
बझाङ्गको जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा एकै परिवारका १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीको भनाई छ ।
खानासंगै जंगली च्याउको तरकारी खानेक्रममा सिकिस्त बिरामी परेका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय बझाङ्गका डीएसपी जागेश्वर भण्डारीका अनुशार ले बताए ।
डिएपि भण्डारीका अनुसार छोरी सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा छोरा सुदीपको बिहीबार राति बाटोमै ज्यान गएको बझाङ्ग प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *