समितिले संघीय शिक्षा ऐन २०२८ को दफा १७ (१) क तथा महानगर शिक्षा ऐनको दफा ४१ अनुसार दण्ड,सजाय एवं जरिबाना गर्ने निर्णय गरेको हाे।
जसअनुसार अवैधरुपमा सञ्चालित वीरगन्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज,अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल +२ कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज र नेशनल कलेज १/१ लाख रुपैयाँ जरिबानामा परेका हुन् । यस्तै बिजी बिज किड्स प्री स्कुल पनि ५० हजार रुपैयाँ जरिबानामा परेको छ ।
यस्तै आफूले लिएको अनुमति पत्र दोस्रो पक्षलाई दिएर दुरुपयोग गर्ने ९ वटा विद्यालयलाईपनि दण्ड जरिबाना गरि नसिहत दिइएको चौरसियाले बताए ।
उनका अनुसार पिस जोन एकेडेमी, ओसिस मा.वि., ग्रिनल्याण्ड मा.वी, गोल्डेन वाटिका स्कुल,ज्ञान निकेतन मा.वी.,न्यू वेभ एकाडेमी, एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगन्ज सेन्ट्रल स्कुलले आफूले लिएको अनुमति अरुलाई प्रयोग गर्न दिएर अनुमति दुरुपयोग गरेकाले उनिहरुलाई ५०/५० हजार रुपैयाँ जरिबाना गरिएको हो ।