वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले वृद्धि - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले वृद्धि


editor@sajhakura August 12, 2024

श्रावण २८
वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार ५ वर्ष अघि कामको लागि २८ हजार ४३३ जना नेपाली महिला विदेश गएकोमा गत आर्थिक वर्षमा यो सङ्ख्या १ सय ८१ प्रतिशतले बढेर ८० हजार १ सय ७२ पुगेको छ ।

जसमध्ये संस्थागत श्रम स्वीकृति लिएर ३७ हजार ७१८ जना र व्यक्तिगत श्रम स्वीकृति लिएर २० हजार ६३५ महिला रोजगारीका लागि बिदेसिएका छन् । सरकारी प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जाने महिलाको सङ्ख्या भने १ हजार २०४ जना रहेकोमा बेलायतमा नर्स कार्यक्रम अन्तरगत ४१ जना मात्रै गएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताउनुभयो ।

पछिल्लो समय शिक्षामा महिलाको पहुँच बढ्दै गएको र रोजगारीका लागि नयाँ नयाँ गन्तब्य बढ्दै गएकोले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढेको उहाँले बताउनुभयो । यो खवरलाई सिआईएन खवर डट कमले प्राथमिकताका साथ उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *