शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर


editor@sajhakura September 29, 2023

सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले निलम्बित मेयर गुप्तासहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताकाे घुस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए ।

अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दोषी ठहर गर्दै दुवै जनालाई छ महिना कैद र ७० हजार रुपैयाँ जरिबाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *