शाक्यको नेतृत्वमा ११ सदस्यीन नयाँ कार्यसमिति चयन गर्दै नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं जिल्ला अधिवेशन सम्पन्न - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

शाक्यको नेतृत्वमा ११ सदस्यीन नयाँ कार्यसमिति चयन गर्दै नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं जिल्ला अधिवेशन सम्पन्न


editor@sajhakura November 9, 2024

कार्तिक २४
नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं बार्षिक साधारण सभा आज खाँदबारीमा सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालका जिल्ला अध्यक्ष लोकदर्शन शाक्यको सभापतित्व तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले लोकदर्शन शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा मुना पराजुली, सचिव कल्पना बराल, सहसचिव सुरज ठटाल, कोषाध्यक्ष प्रजिना शाक्य र सदस्यहरुमा युवराज शाक्य, मदन शर्मा बजगाईं, लमु शेर्पा, सुजता कट्टेल, उत्तम दाहाल र कुसुम रसाईली रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले थप ४ जना सदस्य पहिलो बैठकबाट मनोनयन गर्ने र निर्वाचित समितिमा कम्तिमा दलित सहित ४० प्रतिशत महिला सहभागिता रहनेगरि बिधानत प्रावधान राखिएकाले पहिलो बैठकबाटै ३ जनाको सल्लाहकार समिति, ४ जना मनोनीय सदस्य चयन गर्न निर्वाचन अधिकृत कृष्णराज शाक्यले आग्रह गरे ।
साधारण सभामा नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सचिव तथा केन्द्रिय पर्यबेक्षक लक्ष्मी नारायण मिश्रले संस्थाको बिधि बिधान, बिधानमा उल्लेखित सदस्यता र कार्यसमिति, आजिवन सदस्य, सल्लाहकार सदस्यहरुको काम कर्तब्य र अधिकारका बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले बिधानमा उल्लेखित प्रावधान र सदस्य तथा आजिवन सदस्य र जिल्ला समितिहरुले पालना गर्नूपर्ने प्रावधान कठोर देखिएकाले यसलाई केन्द्रिय समितिले केहि खुकुलो बनाई जिल्ला समितिहरुलाई थप क्रियाशिल बनाउन सहज निति लिनुपर्ने सुझाव दिएका थिए । मानव जिवनको सबैभन्दा महत्वपुर्ण खुराक मानवअधिकारको सहि उपयोग र स्वतन्त्रता सहितको संम्बृद्धि रहेकाले त्यसतर्फ नयाँ कार्यसमितिले बिषेस ध्यानपुर्याउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा तेह्रथुम जिल्ला शाखाका सभापति शंखर प्रसाद जोशी उपसभापति बालकृष्ण ढुङ्गाना, निवर्तमान सभापति माधव बराल, टिकाराम खुलाल, शान्ति समाजका निवर्तमान जिल्ला सभापति गाेकुल खनाल लगायतले नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालले गर्दैआएको मानवअधिकार संङ्ग सम्वन्धीत गतिबिधीका बारेमा प्रकास पारेका थिए ।

उक्त कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघ संखुवासभाका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र कुमार गिरी लगायतको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *